TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports May 12, 2026 · Swadesh

बागमतीबाट टेबलटेनिस खेलाडी छनोट

बागमतीबाट टेबलटेनिस खेलाडी छनोट

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा हुने ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि बागमती प्रदेशबाट सहभागी हुने खेलाडीको सोमबार टुंगो लागेको छ । 


लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको बागमती प्रदेश टेबलटेनिस संघका संयोजक नदिमरत्न शाक्यले जनाएका छन् । सिंगल्समा समान ३–३ पुरुष÷महिला तथा यु–१५ र यु–१९ मा समान २–२ ब्वाइज÷गल्र्स गरी जम्मा १० खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए ।


पुरुष सिंगल्समा सिन्धुपाल्चोकका सुजन गडाल, रामेछापका प्रजिल भट्टराई र ललितपुरका कुशल न्याछो तथा महिला सिंगल्समा काभ्रेकी आश्मा पहरी, ललितपुरकी आश्ना महर्जन र भक्तपुरकी निकिता कस्ती छनोट भए ।


यु–१५ को ब्वाइजमा ललितपुरका रिभान महर्जन र गल्र्समा ललितपुरकै काभ्या शाक्य तथा यु–१९ ब्वाइजमा ललितपुरका रिजन शाक्य र गल्र्समा ललितपुरकी इशाभी महर्जन छानिए । राष्ट्रिय प्रतियोगिता जेठ १४ देखि १७ गतेसम्म लैनचौरमै हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →