← समाचारमा फर्कनुस्
Football Sep 19, 2024 · Swadesh

बागमतीमाथि वालिङको सहज जित

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं । वालिङ नगरपालिकाले एन्फा महिला लिगमा बागमती युवा क्लबमाथि सहज जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिवार भएको खेलमा वालिङले बागमतीलाई ४–० गोलले पराजित गरेको हो।

वालिङको जितमा सिसी एनटोङ्गो र ज्याकलिन नसालीले समान दुई गोल गरे। 

यो जितसँगै ६ खेलमा १२ अंक जोडेको वालिङ चौथो स्थानमा उक्लिएको छ। पराजित बागमती समान खेलबाट चार अंकका साथ आठौं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →