← समाचारमा फर्कनुस्
सेभिल्लाको पोष्टमा एथ्लेटिको मड्रिड द्वारा गोलको वर्षा

काठमाडौ- स्पेनिस शिर्ष डिभिजनको लिग ला लिगामा सेभिल्ला विरुद्घ एथ्लेटिको मड्रिडले शानदार जित निकालेको छ।
एथ्लेटिकोको घरेलु मैदान सिभिटासमा भएको खेलमा उस्ले सेभिल्ला विरुद्घ ६-१ को शानदार जित निकालेको हो।
एथ्लेटिकोका लागी मेम्फिस डिपाएले दुई, एन्टोनि ग्रिज्म्यान, कारास्को र अल्भारो मोराटाले समान १-१ गोल गरे। उता सेभिल्लाको लागी इन नेस्रीले एक शान्तलना गोल गरे।
यो जितसंगै एथ्लेटिको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसको २४ खेलबाट ४५ अंक रहेको छ। पराजित भएको सेभिल्ला १६औ स्थानमा झरेको छ, उसको २४ खेलमा मात्र २५ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |