← समाचारमा फर्कनुस्
भिल्लामाथि फरेस्टको साँघुरो जित

क्रिस उडले पेनाल्टीबाट गरेको निर्णायक गोलको मदतले युरोपा लिग सेमिफाइनल पहिलो लेगमा बिहीबार एस्टन भिल्लालाई १–० ले हराएको छ । सिटी ग्राउन्डमा भिल्ला डिफेन्डर लुकास डिग्नेले अनावश्यक रूपमा बल ह्यान्ड गरेपछि घरेलुले पेनाल्टीको अवसर पाएको हो ।
यस साँघुरो जितपछि फरेस्ट सन् १९८० यता पहिलो पटक युरोपेली फाइनल पुग्ने सम्भावनाबाट गुज्रेको छ । पछिल्लो समय लय समाटेको फरेस्ट सबै प्रतियोगिताका नौ खेलमा अपराजित छ र यससँगै प्रिमियर लिगमा पनि रेलिगेसनबाट जोगिने संघारमा पनि छ ।
प्रतियोगिताको बिहीबार भएको अर्को सेमिफाइनलमा डोरगेलेसले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोलको मदतले ब्रागले फ्रेबर्गलाई २–१ ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women