एसियन विच गेम्स शुरु, चाइनिज ताइपेईविरुद्ध नेपालको जित

काठमाडौं। चीनको सान्या शहरमा शुरु भएको छैटौं एसियन विच गेम्सअन्तर्गत विहिवार भएको महिला कबड्डी प्रतियोगितामा नेपालले चाइनिज ताइपेईलाई ४८-३२ अंकले पराजित गरेको छ।
चीनमै गत २०२३ मा भएको एसियन गेम्समा काश्य पदक जितेको महिला नेपाली टोलीले पहिलो हाफमा ताइपेई विरुद्ध २६-१३ ले अग्रता लिएको थियो। मानमति विष्टको कप्तानीमा रहेको टोलीले दोस्रो हाफमा २२ अंक जोड्यो भने ताइपेईले १९ अंक थपेको थियो। सात राष्ट्रले सहभागिता जनाएको महिला कबड्डीमा ७ राष्ट्रको सहभागिता रहेको छ। जसमा नेपाल समुह बीमा छ। समुह बीमा नेपाल, चाइनिज ताइपेई, बंगलादेश र थाइल्यान्ड रहेको छ। नेपालले भोली शुक्रवार बंगलादेश संग खेल्नेछ।
प्रत्येक समुहको शीर्ष २ टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछ। एक दिन अगाडि प्रतियोगिताको भब्य उद्घाघाटन गरिएको थियो। अप्रिल २२ देखि ३० सम्म चल्ने प्रतियोगिताको यो संस्करणमा ४५ राष्ट्रका करिब १ हजार ८०० खेलाडीहरूले १४ खेलका विभिन्न ६२ इभेन्टसमा प्रतिस्पर्धा गरिरहेका छन्।
एसियन विच गेम्स १० वर्षको अन्तरपछि भएको हो। यसअघि २०१६ मा दानाङमा सम्पन्न भएको थियो। त्यसपछि कोभिड–१९ महामारीका कारण प्रतियोगिता रोकिन पुगेको थियो।
प्रतियोगिताको उद्घघाटन ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख जोन बीन हमाद अल थानीले गरेका थिए। उद्घघाटन समारोहमा उनले भने “एसियामा हाम्रो विविधता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। असंख्य भाषा, परम्परा र संस्कृतिहरू छन्। तर खेलप्रतिको हाम्रो प्रेमले हामीलाई एक बनाउँछ। यही समुद्र किनारमा हामी एक एसियाका रूपमा उभिएका छौं सँगै।”
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women