← समाचारमा फर्कनुस्
आर्सनल पुग्यो च्याम्पियन्स लिग फाइनलमा

आर्सनलले एटलेटिको म्याड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा १–० ले पराजित गर्दै मंगलबार युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलका लागि बुकायो साकाले ४४ औं मिनेटमा निर्णायक गोल गरे ।
इमिरेट्समा प्राप्त यो जितपछि आर्सनलले दुई लेगको सेमिफाइनलमा समग्रमा २–१ को अग्रता हो । म्याड्रिडमा भएको पहिलो लेगको सेमिफाइनल १–१ को बराबरीमा टुंगेको थियो । अब फाइनलमा आर्सनलको सामना डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) अथवा बायर्न म्युनिकसँग हुनेछ ।
अर्को सेमिफाइनलको दोस्रो लेग बुधबार म्युनिकमा हुँदैछ र त्यसमा पीएसजीलाई अग्रता प्राप्त छ । प्रिमियर लिग उपाधि जित्ने संघारमा रहेको आर्सनलले दुवै उपाधि जित्ने हो भने त्यो क्लब इतिहासमै सबैभन्दा उत्कृष्ट सिजन सावित हुनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women