← समाचारमा फर्कनुस्
Football Aug 22, 2026 · Swadesh

कभेन्ट्रीमाथि आर्सनलको सजिलो जित

कभेन्ट्रीमाथि आर्सनलको सजिलो जित

इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन आर्सनलले शुक्रबार कभेन्ट्रीलाई सजिलै ३–० ले पराजित गर्दै आकर्षक सुरुआत लिएको छ । कभेन्ट्री दोस्रो डिभिजनको च्याम्पियनमा रूपमा मैदानमा उत्रेको हो, तर उसले बलियो चुनौती पेस गर्न सकेन ।

प्रशिक्षक फ्रायन्क लाम्पार्डको नेतृत्वमा कभेन्ट्रीले भने सन् २००१ यता पहिलो पटक प्रिमियर लिगमा खेलिरहेको हो । इमिरेट्समा भएको खेलमा काइ हार्भटेजले १५ खौं मिनेटमा गोलको खाता खोले । त्यसपछि बुकायो साकाले २३ औं मिनेटमा दोस्रो गोल थपे ।

मार्टिन ओडेगार्डले ४९ औं मिनेटमा तेस्रो गोल गरे र जितको औपचापरिकता पूरा गरे । यस जितपछि आर्सनलले आफूले जितेको लिग उपाधि रक्षा गर्न सक्ने संकेत गरेको छ, तर उसले अन्तिम पटक यस्तो उपलब्धी सन् १९३० तिर हात पारेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →