← समाचारमा फर्कनुस्
Football Sep 10, 2026 · Swadesh

ओडेगार्डको निर्णायक गोलमा नापोलीमाथि आर्सनलको जित

ओडेगार्डको निर्णायक गोलमा नापोलीमाथि आर्सनलको जित

काठमाडौं। युरोपियन च्याम्पियन्स लिगको नयाँ सिजनमा इंग्लिस क्लब आर्सनलले विजयी सुरुवात गरेको छ। बुधबार राति भएको खेलमा आर्सनलले इटालियन क्लब नापोलीलाई उसैको घरेलु मैदानमा १–० गोलले पराजित गरेको छ ।

स्टाडियो डिएगो आर्मान्डो माराडोनामा भएको यस प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा आर्सनलले दबाब बनाएपछि खेलको ७५औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले निर्णायक गोल गरे। उनको यही एकमात्र गोल आर्सनलको जितका लागि पर्याप्त बन्यो ।

यो जितसँगै आर्सनल च्याम्पियन्स लिगको अंक तालिकामा ११औँ स्थानमा उक्लिएको छ भने पराजित नापोली ३०औँ स्थानमा रहेको छ ।

आर्सनलले आफ्नो अर्को खेल आगामी अक्टोबर १३ मा घरेलु मैदानमा लिलसँग खेल्नेछ भने नापोलीले सोही दिन भिल्लारियालसँग प्रतिस्पर्धा गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →