← समाचारमा फर्कनुस्
फरेस्टलाई हराएर आर्सनलको सिटीमाथि दबाब

आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार नटिंघम फरेस्टलाई १–० ले हराएर शीर्षमा रहेको म्यानचेस्टर सिटीमाथि दबाब कायम राखेको छ । फरेस्टको घरेलु मैदानमा खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला नोनी माडुकेलले ८० औं मिनेटमा निर्णायक गोल गरे ।
लिग तालिकामा सिटी २१ अंकमा पहिलो स्थानमा छ भने उसको पछाडि आर्सनल १८ अंकमा दोस्रो स्थानमा रहेको छ । आइतबारका अन्य खेलमा ब्राइटनले क्रिस्टल प्यालेसमाथि ५–० को शानदार जित निकालेको छ । लयमा रहेको ब्राइटन यो जितपछि १६ अंकमा तेस्रो स्थानमा उक्लेको छ ।
अन्य खेलमा बर्नमाउथले सन्डरल्यान्डलाई २–० ले हरायो भने म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडसँग १–१ को बराबरी खेल्यो । खराव लयमा रहेको युनाइटेड सात अंकमै सीमित रहेर १३ औं स्थानमा रहेको छ र यसले प्रशिक्षक माइकल क्यारेकमाथि थप दबाब सिर्जना गरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |