आर्सनलको कमब्याक जित

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राती कमब्याक जित निकाल्दै आर्सनलले आफ्नो उपाधि दाबेदारिलाई बलियो बनाएको छ । बोर्नमाउथसँग २–० ले पछि परेको आर्सनलले त्यसपछि ३ गोल गर्दै जित निकालेको हो ।
आर्सनलका लागी थोमस पार्टेले ६२ मिनेटमा र बेन ह्वाइटले ७० औं मिनेटमा गोल गर्दै खेल बराबरिमा ल्याएका थिए। त्यसरछि इन्जुरि समयको सातौ मिनेटमा रिस निल्सनको गोलमा आर्सनलले कमब्याक जित पुरा गरेको हो।
त्यसअघि खेलको पहिलो मिनेटमै बोर्नमाउथले गोल गर्दै खेलमा अग्रता लिएको थियो। उस्का लागी फिलिप खेलको पहिलो मिनेटमै बिलिङले गोल गरेका थिए । त्यसपछि मार्कोस सेन्सीले ५७ औं मिनेटमा गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्याएका थिए। तर अग्रता जोगाउन नसक्दा टिम ३-२ गोल अन्तरले पराजित हुन पुग्यो।
यो दित सॅंगै आर्सनलले २६ खेलबाट ६३ अंक बटुलेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलबाट ५८ अंक रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |