← समाचारमा फर्कनुस्
Football Apr 10, 2023 · Nepalsports

अग्रता जोगाउन नसक्दा रोकियो आर्सनल

अग्रता जोगाउन नसक्दा रोकियो आर्सनल

काठमाडौ- इंग्लिस प्रिमियर लिगको लिग लिडर आर्सनल २-० गोल को अग्रता जोगाउन नसक्दा बराबरिमा रोकिएको छ।

लिभरपुलको घरेलु मैदानमा आर्सनलले खेलको आठौं मिनेटमा मार्टनेलीको गोलबाट सुरुवाती अग्रता लिएको थियो। त्यसपछि गाब्रियल जेससले २८ मिनेटमा अग्रता दोब्बर पारेका थिए।

तर लिभरपुलका लागि मोहम्मद सलाहले ४२ मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्याए। त्यसपछि ८८ मिनेटमा रोबेर्टो फिर्मिनोले बराबरी गोल फर्काए पछि आर्सनल रोकिएको हो।

खेलको ५४ मिनेटमा लिभरपुलले पाएको पेनाल्टिमा मोहमद सलाह गोल गर्न चुकेका  थिए।

लिग लिडरक आर्सनलको यो बराबरिसंगै  ३० खेलबाट ७३ अंक भएको छ। उता लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा छ। त्यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीको २९ खेलबाट ६७ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →