← समाचारमा फर्कनुस्
कोशीविरुद्ध आर्मीको सहज जित

काठमाडौं । एन्फा महिला लिगमा विभागीय त्रिभुवन आर्मी क्लबले सहज जित हासिल गरेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको दिनको दोस्रो खेलमा आर्मीले कोशी प्रदेशविरुद्ध ५–० को सहज जित हासिल गरेको थियो।
आर्मीको जितमा विमला चौधरी र अनिता लम्जेलले समान दुई तथा हिमा चौधरीले एक गोल गरे।
खेलको आठौं मिनेटमा विमलाको गोलमार्फत आर्मीले अग्रता लिएको थियो। दुई मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाइन्।
हिमाले २१औं मिनेटमा गोल गर्दा आर्मी ३–० ले अगाडि बढ्यो। ३८औं मिनेटमा अनिताले टोलीका लागि चौथो गोल गरिन्। अतिनाले ६०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई सहज जित दिलाइन्।
जितसँगै ६ खेलमा १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ। दोस्रो पराजय ब्यहोरेको कोशी समान खेलबाट १० अंकका साथ चौथो स्थानामा कायम छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |