← समाचारमा फर्कनुस्
वालिङको पोस्टमा आर्मीको आठ गोल

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सहज जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको आठौँ चराण्को खेलमा वालिङ नगरपालिकाविरुद्ध आर्मीले ८–० को फराकिलो जित हासिल हो।
आर्मीको जितमा चन्द्र भण्डारीले ह्याट्रिक गर्दा विमला विक र अमिशा कार्कीले समान दुई गोल थपे। एक गोल अत्मघाती उपहार स्वरुप प्राप्त भयो।
जितसँगै जारी लिगमा आठ खेलबाट १९ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ। पराजित वालिङ समान खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ।
खेलको ३८औं मिनेटमा विमलाको गोलमार्फत आर्मीले अग्रता लिएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |