अर्जेन्टिना पुनः फिफा वरीयताको शीर्षस्थानमा

काठमाडौं, साविक विश्व विजेता अर्जेन्टिना फिफा पुरुष विश्व वरीयताको शीर्षस्थानमा पुनः उक्लिएको छ। फुटबलकाे सर्वाेच निकाय फिफाले २०२६ को विश्वकप सुरु हुन केही घण्टाअघि सार्वजनिक गरेको नयाँ वरीयतामा अर्जेन्टिना दुई स्थान सुधार गर्दै पहिलो स्थानमा पुगेको हो।
सन् २०२५ जुलाईयता पहिलो पटक शीर्षस्थानमा फर्किएको अर्जेन्टिनाले विश्वकपअघिका मैत्रीपूर्ण खेलमा आइसल्यान्ड र होन्डुरासलाई पराजित गर्दै महत्वपूर्ण अंक जोडेको थियो।
यसअघि शीर्षस्थानमा रहेको फ्रान्स दुई स्थान खस्कँदै तेस्रोमा पुगेको छ। कोट डी आइभोरसँग पराजित भए पनि उत्तरी आयरल्यान्डविरुद्ध जित निकालेको फ्रान्सलाई अर्जेन्टिनाले उछिनेको हो। स्पेन भने दोस्रो स्थानमै कायम रह्यो। स्पेनले इराकसँग बराबरी खेल्दै पेरुलाई पराजित गरेको थियो।
वरीयताको शीर्ष १० भित्र मोरक्कोले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। एक स्थान सुधार गर्दै सातौं स्थानमा पुगेको मोरक्को फिफा विश्व वरीयता सुरु भएयताको आफ्नो सर्वाधिक उच्च स्थानमा पुगेको हो। मोरक्कोले नेदरल्यान्ड्सलाई पछि पार्दै यो उपलब्धि हासिल गरेको हो। नेदरल्यान्ड्स एक स्थान तल झर्दै आठौंमा सीमित भयो।
शीर्ष २० भित्र मेक्सिको एक स्थान सुधार गर्दै १४औं तथा उरुग्वे १६औं स्थानमा उक्लिएका छन्। यसक्रममा सेनेगल १५औं र अमेरिका १७औं स्थानमा झरेका छन्। इरान एक स्थान सुधार गर्दै शीर्ष २० भित्र प्रवेश गरेको छ।
शीर्ष १०० भित्र हंगेरी, चिली र चीनले समान तीन–तीन स्थान सुधार गर्दै सबैभन्दा ठूलो फड्को मारेका छन्। यता सर्बिया चार स्थान खस्किँदा माली र बेनिन तीन–तीन स्थान तल झरेका छन्।
शीर्ष १०० बाहिर लेबनान सात स्थान खस्किँदै सबैभन्दा ठूलो गिरावट बेहोर्ने टोली बनेको छ भने भुटान छ स्थान तल झरेको छ।
जुन ११, २०२६ सम्मको वरीयतामा कुल १४४ अन्तर्राष्ट्रिय खेल समावेश गरिएको छ। अंकका आधारमा सबैभन्दा ठूलो सुधार यमनले गरेको छ भने इन्डोनेसिया, पाकिस्तान, श्रीलंका र यमनले समान चार स्थान सुधार गरेका छन्। सबैभन्दा बढी अंक गुमाउने टोली लेबनान बनेको छ।
फिफा पुरुष विश्व वरीयताको अर्को संस्करण आगामी जुलाई २० मा सार्वजनिक गरिने फिफाले जनाएको छ।
यस्तै नेपाल १७७औं स्थानमा रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women