अविश्वसनीय पुर्नआगमन रच्दै अर्जेन्टिना क्वाटरफाइनलमा

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछाडि रहेको स्थितिबाट अविश्वनीय पुर्नआगमन रच्दै मंगलबार विश्वकप २०२६ मा इजिप्टलाई ३–२ ले हराएको छ र प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यससँगै अर्जेन्टिनाको विश्वकप उपाधि रक्षा गर्ने सम्भावना कायम रह्यो ।
पीडादायी हारपछि इजिप्ट भने अब घर फर्किनेछ । एटलान्टामा स्टेडियममा ६७ मिनेटको खेलसम्म इजिप्ट २–० ले अगाडि रहेको थियो । त्यसमा यासिर इब्राहिमले १५ र जिकोले ६७ औं मिनेटमा गोल गरे । दोस्रो गोलको ठीक अगाडि जिकोको प्रहारले पोस्ट चुमे पनि त्यसलाई मान्यता पाएन् ।
यस्तै लियोनल मेसी २१ औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुके । मेसीले नै ८३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । मेसीको यस विश्वकपमा यो आठौं गोल हो । इन्ज्युरी समयको तेस्रो मिनेटमा इन्जो फर्नान्डेजले अर्जेन्टिनका लागि तेस्रो तथा निर्णायक गोल गरे ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |