← समाचारमा फर्कनुस्
Football Jun 10, 2026 · Swadesh

आइसल्यान्डमाथि अर्जेन्टिनाको जित

आइसल्यान्डमाथि अर्जेन्टिनाको जित

अर्जेन्टिनाले विश्वकप २०२६ अगाडिको आफ्नो मैत्रीपूर्ण खेलमा बुधबार आइसल्यान्डमाथि ३–० को सहज जित निकालेको छ । अर्जेन्टिनाको यो जितमा कप्तान लियोनल मेसीले पनि एक गोल गरे ।


उनले अलबामाको जोर्डन हारे स्टेडियममा भएको खेलमा पेनाल्टीबाट ७२ औं मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमा अर्जेन्टिनाले एक गोलको अग्रता लिएको थियो र यो भ्यालेन्टिन बार्कोको नाममा रह्यो । उनले आठौं मिनेटमा गोल गरेका थिए ।


त्यसपछि थिएगो आल्मान्डाले ८६ औं मिनेटमा तेस्रो गोल थपे । अर्जेन्टिना प्रतियोगिताको समूह जे मा रहेको छ र यसमा अल्जेरिया, अस्ट्रिया र जोर्डन रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →