← समाचारमा फर्कनुस्
Football Jul 12, 2026 · Swadesh

अर्जेन्टिना सेमिफाइनलमा इंग्लयान्डको सामना गर्दै

अर्जेन्टिना सेमिफाइनलमा इंग्लयान्डको सामना गर्दै

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्ने भएको छ । कानसास सिटीमा भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले दस खेलाडीमा सीमित स्विटजरल्यान्डलाई अतिरिक्त समयको खेलमा ३–१ ले हरायो ।

अर्जेन्टिनाका लागि जुलियन अल्भारोले १ सय १२ औं मिनेटमा उत्कृष्ट गोल गरे लगतै इन्ज्युरी समयमा लउटारो मार्टिनेजले तेस्रो गोल थपे । खेल टाइब्रेकरतर्फ अग्रसर भएको बेला अल्भारोले उत्कृष्ट गोल गरे र यो नै खेलका निर्णायक मोड सावित भयो । त्यस अगाडि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगेको थियो ।

लिभरपुलका एलेक्स म्याक एलिस्टरले दसौं मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाए । उनले आफ्ना कप्तान लियोनल मेसीको कर्नरमा सटिक हेडिङ गर्दै गोल गरेका हुन् । स्विट्जरल्यान्डका लागि ६७ औं मिनेटमा डान एडोयले बराबरी गोल फर्काए ।

उनले यसका लागि रिकार्डो रोड्रिग्वकोको पासलाई उपयोग गर्दै नजिकको दूरीबाट गोल गरे । स्विस टिमको यो खुसी लामो समय टिकेन् र ७२ औं मिनेटमा ब्रेल एमबोलो दोहोरो पहेँलो कार्डमा मैदान छाडन् बाध्य रहे ।

डाइभ गरेका एमबोलोलाई ’भार‘को मदतले खेलको दोस्रो पहेँलो कर्डा देखाइएको हो र यससँगै स्विस टिम दस खेलाडीमा सीमित रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group H
1 Spain 3 7
2 Cape Verde Islands 3 3
3 Uruguay 3 2
4 Saudi Arabia 3 2
सबै समूह →