← समाचारमा फर्कनुस्
Football Apr 06, 2023 · Nepalsports

विश्वकप विजेता अर्जेन्टिना ६ वर्षपछि फिफा वरियताको शिर्ष स्थानमा

विश्वकप विजेता अर्जेन्टिना ६ वर्षपछि फिफा वरियताको शिर्ष स्थानमा

काठमाडौँ- विश्वविजेता अर्जेन्टिना ६ वर्षपछि फिफाको वरियतामा शिर्ष स्थानमा उक्लिएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनि गरेको नयाँ वरियतामा अर्जेन्टिना एक स्थान सुधार गर्दै शिर्ष स्थानमा आएको हो। अर्जेन्टिना सन् २०१७ मा फिफाको शिर्ष स्थानमा रहेको थियो। त्यसपछि अर्जेन्टिना शिर्षमा आएको यो पहिलो पटक हो।

पछिल्ला दुई साता भएको अन्तराष्ट्रिय खेलमा आएको नतिजालाई मुल्याङकन गर्दै नयाँ र्याङकिङ सार्वजनिक गरिएको हो। 

मोरक्कोसंग पराजित भएको  ब्राजिल शिर्ष स्थानबाट दुई स्थान तल झर्दै तेस्रो स्थानमा पुगेको छ।  नयाँ वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा रहदा फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै क्रमश ब्राजिल, वेल्जियम, इङगल्यान्ड, नेदरल्यान्ड, क्रोएसिया,  इटालि, पोर्चुगल र स्पेन शिर्ष दशमा रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →