← समाचारमा फर्कनुस्
एरेनाले दिए राजीनामा

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक गुग्लिएर्ल्मो एरेनाले बुधबार राजीनामा दिएका छन् । फिफाले नेपालमाथि प्रतिबन्ध लगाएपछि अब आफू काम गरिरहने स्थिति नभएको बताएका छन् ।
प्रशिक्षक एरेनाले सामाजिक संजालमा लेखेका छन्, ‘फिफाले प्रतिबन्ध लगाएको स्थितिमा मैले नेपालमा गर्न खोजेको फुटबल विकासका योजनालाई अगाडि बढाउन नस्कने भएको छ । म निराश छुं । अहिले नेपाली फुटबल सून्यको स्थितिमा पुगेको छ ।’
नेपालले एरेनाको नेतृत्वमा एकै खेल मात्र खेल्न पाएको छ र त्यो एसियाकप छनोट तेस्रो चरणको अन्तिम खेल रहेको छ । भियानटानमा भएको त्यस खेलमा नेपाल लाओससँग १–० ले पराजित रहेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |