ललितपुर मेयर्स कपको उपाधि एपिएफलाई

काठमाडौं- ललितपुर मेयर्स कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ ।
टियु मैदान भएको फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गरि एपीएफ च्याम्पियन बनेको हो ।
एपीएफले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो ।
कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ४१ ३५ रन बनाउँदा लकिता राजवंशीले २१ अविजित रन बनाईन् । अप्सरी बेगमले १० रन बनाईन् ।
एपीएफका लागि बिनु बुढाले २ तथा रेखा रावल, नेरी थापा र सोनु खड्काले समान १/१ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १५४ रन बनाएको हो ।
एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् ।
त्यस्तै इन्दु बर्माले ५१ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीता र इन्दुबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भएको थियो।
कोशीका लागि अलिसा खडियाले १ विकेट लिएकि थिइन ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |