← समाचारमा फर्कनुस्
Football Mar 26, 2023 · Nepalsports

साविक विजेता एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

साविक विजेता एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर । साविक विजेता विभागीय क्लब एपीएफ विराट गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको शहीद रंगशालामा शनिबार राति भएको खेलमा भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान पक्का गरेको हो ।


निर्धारित समय एक एक गोलको बराबरीतर्फ उन्मुख खेलमा एपीएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टी पाएपछि २–१ को अग्रता बनाउँदै जित पनि पक्का गरेको हो । 

खेलको तेस्रो मिनेटमा एपीएफका हरि कार्कीले हेडर गोलमार्फत अग्रता दिलाएका थिए । ड्रुकका गोलकिपरले सही डाइव लगाए पनि हरिले हेडरले जाली चुमेको थियो । 

३४ औं मिनेटमा फोफाना इब्राहिमले उत्कृष्ट गोल गर्दै भुटानी टोली ड्रुकलाई बराबरीमा ल्याएका थिए । निर्धारित समय बराबरीतर्फ उन्मुख भएका बेला ७ मिनेट थप गरिएको थियो । त्यही थप गरिएको छैटौं मिनेटमा एपीएफले पेनाल्टी पाएको थियो । 

ड्रुक लुएलका खेलाडी कामगटे मुसाले हातले  गोल लाइन क्लियर गरेपछि उनले रातो कार्ड पाएका थिए भने एपीएफले पेनाल्टी प्रहार गर्ने अवसर प्राप्त गरेको थियो । 
एपीएफका अर्मान्ड बेडुमले पेनाल्टीमा गोल गरेपछि एपीएफ अन्ततः २–१ ले विजयी हुँदै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो । 


आजको खेलमा निर्णायक गोल गरेका बेडुम प्लेयर अफ दी म्याच बनेका छन् । उनले नगद ११ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।
यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गरिने छ । विराट गोल्डकपको मुख्य प्रायोजकको रुपमा काब्रा ग्रुप रहेको छ भने । टिकेटिङ पार्टनरको रुपमा खल्ती एप रहेको छ । विराट गोल्डकपका खेलहरु कान्तिपुर सिनेप्लेक्स टेलिभिजनमा प्रत्यक्ष प्रसारण पनि भइरहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →