← समाचारमा फर्कनुस्
Basketball Jun 05, 2023 · Shishir

भद्रकाली र साइपालको जित

भद्रकाली र साइपालको जित

काठमाडौं, जेठ २२ गते । भद्रकाली र साइपाल एकेडेमीले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भद्रकालीले स्कोलर्स होमलाई ४३–३७ ले पराजित ग¥यो ।

भद्रकालीको जितमा प्रतीक राईले २० अंक योगदान गरे । आयुश खड्काको ९ अंक सहयोगमा साइपालले बीएमसीए ‘ए’ लाई २९–२० ले हरायो ।

सिनियर ब्वाइजमै सेन्ट जोसेफले एचएचसीएलाई ५२–४९ तथा बूढानीलकण्ठ आश्रमले नेसनल युनाइटेडलाई ३२–२५ ले पाखा लगाए । सेन्ट जोसेफका निकेश तामाङले २५ तथा बूढानीलकण्ठका रेगन गुरुङले १३ स्कोर गरे ।

सिनियर गल्र्समा एचएचसीएले साइपाललाई ३१–२३ तथा ग्रिनल्यान्डले सेन्ट जेभियर्सलाई २१–१७ ले पन्छाए । एचएचसीएकी प्रमिला लामा तथा ग्रिनल्यान्डकी श्रृषा गुरुङले समान ६–६ स्कोर गरे ।

जुनियर ब्वाइजमा स्किब्सले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २३–२०, हिमालयन किङडमले बीएमसीएलाई ३०–२१ र एन्जल्स हार्टले ग्रिनल्यान्डलाई २५–२० ले पराजित गरे । स्किब्सका सोहन ठकुरीले ११, हिमालयन किङडमका लोप्साङ तामाङले १४ र एन्जल्स हार्टका अंक्स घलेले ६ अंक जोडे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →