← समाचारमा फर्कनुस्
Volleyball Sep 06, 2026 · Swadesh

अन्नपूर्णको पहिलो जित

अन्नपूर्णको पहिलो जित

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग(एनभीएल) मा आइतबार पहिलो जित हात पारेको छ ।

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामात्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामाअन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।अन्नपूर्णले २५–२३, २८–२६ र २५–२३ ले आफ्नो पक्षमा पा¥यो ।

दुई खेलमा अन्नपूर्णको पहिलो जित हो । पहिलो खेलमा अन्नपूर्ण कर्णालीशिवराजसंग ३–१ ले पराजित भएको थियो । दुई खेलनै खेलेको काठमाडौंरेड्सको पहिलो हार हो । आफ्नो पहिलो खेलमा काठमाडौं रेड्सले मधेशवारियर्सलाई ३–२ ले हराएको थियो । अन्नपूर्णका उरनबायर ‘म्यान अफ दम्याच’ घोषित भए ।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगकाआधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ ।शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । योपुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २०लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।

कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्सपार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् ।पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो ।

आज आइतबारको दोश्रो तथा अन्तिम खेल कर्णाली शिवराज र खप्तडफाल्कन्सबीच साँझ ७ः०० बजे हुनेछ

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →