← समाचारमा फर्कनुस्
Football Jun 23, 2023 · Shishir

अन्नपूर्ण र कीर्तिपुर फाइनलमा

अन्नपूर्ण र कीर्तिपुर फाइनलमा

काठमाडौं, असार ७ गते- अन्नपूर्ण गाउँपालिका र आयोजक कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा अन्नपूर्णले ललितपुर महानगरपालिकालाई ९५–७० ले पराजित ग¥यो । अन्नपूर्णको जितमा राजु परियारले २३ अंक योगदान गरे ।

सुरुको क्वाटरमा २५–१८ को अग्रता लिएको अन्नपूर्णले अन्तिमसम्म अग्रतालाई जोगाउदै २९–२०, २१–१६ र २०–१६ को प्रदर्शन ग¥यो ।

अर्को सेमिफाइनलमा आशिष थापा मगरको ३४ अंक सहयोगमा कीर्तिपुरले नागर्जुन नगरपालिकालाई ७९–६५ ले हरायो ।
पहिलो क्वाटरमा १२–१८ ले पछि परेको कीर्तिपुर दोश्रोमा २३–१२ ले अगाडि रह्यो । तेश्रोमा कीर्तिपुरले २९–१५ को अग्रता बनायो । चौथोमा नागर्जुन २०–१५ ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन । फाइनल शनिबार   हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →