TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 21, 2026 · Swadesh

अनिलको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा

अनिलको कप्तानीमा नेपाल ‘ए’ टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले ओमानविरुद्ध हुने एकदिवसीय शृंखला खेलका लागि नेपाल ‘ए’ टोली घोषणा गरेको छ।


संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल ‘ए’ र ओमानबीच दुई खेलको एकदिवसीय शृंखला अप्रिल २२ र २४ मा माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।


नेपाली टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन्। टोलीमा देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, नृततराज दास, कुशल मल्ल, सन्तोष यादव, राशिद खान, साहब आलम, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, युवराज खत्री र शेर मल्ल समावेश छन्।


क्यानले युवा तथा उदीयमान खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यसहित नेपाल ‘ए’ टोली मैदानमा उतार्न लागेको जनाएको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →