← समाचारमा फर्कनुस्
Cricket May 14, 2026 · Swadesh

अमेरिकालाई ३२२ रनको लक्ष्य

अमेरिकालाई ३२२ रनको लक्ष्य

काठमाडाैं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा स्कटल्यान्डले अमेरिकासामु ३२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 


४७ओभरमा निर्धारित खेलमा स्कटल्यान्डले ६ विकेट गुमाएर ३२१ रन बनायो।


स्कटल्यान्डका फिन्ले म्याकक्रिथले सर्वाधिक ७७ रन बनाए। उनले १०२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। ब्रान्डन म्याकमुलनले ४० बलमा ५५ रन बनाउँदै टोलीलाई तीव्र सुरुआत दिलाए। कप्तान रिची बेरिङ्टन १० रनमा आउट हुँदा माइकल इंग्लिसले ३२ रन जोडे।


म्याथ्यु क्रसले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ५८ रन बनाए। उनले ८ चौका र २ छक्का प्रहार गरे। अन्तिम ओभरहरूमा मार्क वाट २५ र माइकल लिस्क २८ रनमा अविजित रहँदा स्कटल्यान्डले बलियो योगफल तयार गर्‍याे।


अमेरिकाका लागि सौरभ नेत्रवल्कर र जसदीप सिंहले समान २–२ विकेट लिए। मिलिन्द कुमार र शुभम रञ्जानेले १–१ विकेट हात पारे।


स्कटल्यान्डले अन्तिम पाँच ओभरमा तीव्र ब्याटिङ गर्दै ६४ रन थपेपछि अमेरिकामाथि दबाब बढेको थियाे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →