TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket May 14, 2026 · Swadesh

अमेरिकालाई हराउँदै स्कटल्यान्ड शीर्ष स्थानमा

अमेरिकालाई हराउँदै स्कटल्यान्ड शीर्ष स्थानमा

 काठमाडौं। स्कटल्यान्डले आईसीसी विश्वकप लिग–२ अन्तर्गत वर्षाले प्रभावित खेलमा अमेरिकालाई डिएलएस पद्धतिबाट २ रनले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।


३२ ओभरमा २४९ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४६ रन मात्रै बनाउन सक्यो। अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ७५ बलमा ५ चौका र ८ छक्कासहित शानदार १०४ रनको शतकीय इनिङ्स खेले। स्मित पटेलले ७२ रन बनाए भने शुभम रञ्जानेले १६ रन जोडे।


स्कटल्यान्डका ब्राड करी र जसदीप सिंहले समान २ विकेट लिए। ओलिभर डेभिडसन, सफयान शरीफ, शुभम रञ्जाने र सौरभ नेत्रावलकरले समान १–१ विकेट हात पारे।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४७ ओभरमा ६ विकेट गुमाएर ३२१ रनको विशाल योगफल तयार पारेको थियो। फिन्ले म्याकक्रेथले १०२ बलमा ७७ रन बनाए भने ब्रान्डन म्याकमुलनले ४० बलमा ५५ रनको आक्रामक इनिङ्स खेले। विकेटकिपर म्याथ्यु क्रसले ३२ बलमा ५८ रन जोडे। अन्तिमतिर मार्क वाट २५ र माइकल लिस्क २८ रनमा अविजित रहे।


अमेरिकाका सौरभ नेत्रावलकर र जसदीप सिंहले समान २ विकेट लिए भने मिलिन्द कुमार र शुभम रञ्जानेले समान १ विकेट हात पारे।


यस जितसँगै स्कटल्यान्ड ३० खेलबाट ३६ अंकसहित विश्वकप लिग–२ को अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →