← समाचारमा फर्कनुस्
अल नासर हिलालसँग रोकियो

काठमाडाौं। साउदी प्रो लिगअन्तर्गत मंगलबार राति सम्पन्न रोमाञ्चक खेलमा अल नासर र अल हिलालले १–१ गोलको बराबरी खेलेका छन्।
नासरका लागि ३७औँ मिनेटमा मोहम्मद सिमाकानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलभर अल नासरले अग्रता जोगाइरहेको अवस्थामा इन्ज्युरी समयमा गोलरक्षक बेन्टोबाट आत्मघाती गोल भएपछि अल हिलालले बराबरी गर्न सफल भयो।
बराबरीसँगै जारी लिगमा ३३ खेलबाट ८३ अंकसहित शीर्ष स्थानमा रहेको अल नासरले उपाधि जित्न अझै एक खेल कुर्नुपर्ने भएको छ। अल हिलाल भने ३२ खेलबाट ७८ अंकसहित दोस्रो स्थानमा रहेको छ। लिगमा अब बाँकी एक खेलमा वियजी भए क्रिस्टियानाे राेनाल्डाे समिलित नासरले लिगकाे उपाधि जित्ने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |