← समाचारमा फर्कनुस्
एलाभेससँग भालेकानोको बराबरी

रायो भालेकानोले स्पेनी ला लिगाको नयाँ सिजनको आफ्नो पहिलो खेलमा बिहीबार डेपोर्टिभो एलोभेससँग १–१ को बराबरी खेलेका छन् । यससँगै दुवै टिम एक एक अंकमा चित्त बुझाउन बाध्य रहे ।
स्टोडियो म्युनिसिपालमा भएको खेलमा सर्जिओ कमेलोले ४८ औं मिनेटमा गोल गर्दै भालेकानोलाई अग्रता दिलाए र यो लामो समयसम्म कायम रह्यो । तर खेलको ८४ औं मिनेटमा सब्टिच्युट मारिनो डियाजले बराबरी गोल फर्काए ।
भालेकानोले आफ्नो पहिलो खेल भने घरेलु मैदान भालेकास स्टेडियममा खेल्न पाएन् । सुरक्षाका कारण यो मैदानलाई माथिल्लो डिभिजनको फुटबलका लागि अयोग्य मानिएको छ । यसको स्थानमा लेगानेसको मैदानमा खेल भएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |