नासरले जित्यो साउदी लिग उपाधि

काठमाडौ, क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासरले साउदी प्रो लिगको उपाधि जितेको छ।
बिहीबार राति सम्पन्न खेलमा डामाक एफसीलाई ४–१ गोलले पराजित गर्दै नासरले सिजनको अन्त्य उपाधिसहित गरेको हो।
खेलमा अल नासरले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। ३४औँ मिनेटमा साडियो मानेले गोल गर्दै अग्रता दिलाए भने ५२औँ मिनेटमा किङ्स्ले कोमानले अर्को गोल थपे। त्यसपछि ६३औँ र ८१औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै नासरको जित पक्का गरे।
डामाकका तर्फबाट ५८औँ मिनेटमा मोरले सिल्लाले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए।
अल नासरले यो सिजन ३४ खेलमा २८ जित, २ बराबरी र ४ हारसहित कुल ८६ अंक जोड्दै लिग च्याम्पियन बनेको हो। डामाक भने ६ जित, ११ बराबरी र १७ हारसहित २९ अंकमा सिजन समाप्त गर्दै तालिकाको तल्लो भागमा रह्यो।
यस्तै, साविक विजेता अल हिलाल समान खेलबाट ८२ अंकसहित उपविजेता बनेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |