← समाचारमा फर्कनुस्
अल नासरलाई हराउँदै गाम्बा ओसाकाको ऐतिहासिक उपाधि

काठमाडौं। एएफसी च्याम्पियन्स लिग–टु को फाइनलमा जापानको गाम्बा ओसाकाले साउदी अरेबियाको अल नासरलाई १–० ले पराजित गर्दै उपाधि जितेको छ।
कडा प्रतिस्पर्धात्मक खेलमा गाम्बा ओसाकालाई जित दिलाउने निर्णायक गोल डेनिज हुमेटले ३०औँ मिनेटमा गरेका थिए। पहिलो हाफमै गरिएको उक्त गोल नै खेलको निर्णायक बन्यो।
दोस्रो हाफमा अल नासरले बराबरी गोलका लागि लगातार दबाब सिर्जना गरे पनि गाम्बा ओसाकाको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता जोगायो।
निर्णायक जितसँगै गाम्बा ओसाकाले एएफसी च्याम्पियन्स लिग टुको उपाधि आफ्नो नाममा लेखाएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |