अफगानिस्तानले हङकङ सिक्सेसका लागि टोली घोषणा

अफगानिस्तानले आगामी 'हङकङ सिक्सेस २०२६ ‘ क्रिकेट प्रतियोगिताका लागि आफ्नो टोलीको घोषणा गरेको छ।
अफगानिस्तानले अनुभवी खेलाडी गुलबदिन नाइबको कप्तानीमा ७ सदस्यीय टोली घोषणा गरेको हो।
अफगानिस्तानको टोलीमा कप्तान गुलबदिन नाइबसँगै इमरान मिर, करिम जनत, सेदिकुल्लाह पाचा, फरमानुल्लाह सफी, अब्दुल रहमान र नन्गेयालिया खारोटे रहेका छन्।
अफगानिस्तानको समूह चरणको तालिका
• शुक्रबार, अक्टोबर ३०: दक्षिण अफ्रिका विरुद्ध (म्याच ८)। नेपाली समय अनुसार दिउँसो १२:५५ बजे।
• शनिबार, अक्टोबर ३१: ओमान विरुद्ध (म्याच १०)। नेपाली समय अनुसार बिहान ६:३० बजे।
प्रतियोगिता सन् २०२६ अक्टोबर ३० देखि नोभेम्बर १ सम्म हङकङको तिन क्वोङ रोड रिक्रिएसन ग्राउन्डमा सञ्चालन हुनेछ। हङकङ सिक्सेस एक छोटो ढाँचाको (सिक्स-अ-साइड) क्रिकेट प्रतियोगिता हो, जहाँ विश्वभरका प्रतिष्ठित क्रिकेट टोलीहरू सहभागी हुने गर्छन्। यस टोलीले आसन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |