शहिद स्मारक ‘ए’ डिभिजन लिग आज बाट सुरूः खुमलटार र फ्रेण्ड्स खेल्दै

शहिद स्मारक ‘ए’ डिभिजन लिग आज शुक्रबार बाट शुरु हुँदैछ । डबल राउण्ड रोबिनको आधारमा हुने यस लिगका खेलहरु दशरथ रंगशाला च्यासल र एन्फा कम्प्लेक्स गरी तीन ठाउमी हुने पनि हुनेछ ।
लिगको उद्घाटन खेलमा नवप्रवेशी क्लब खुमलटार एफसीले फ्रेण्ड्स क्लबसँग खेल्नेछ । खेल दशरथ रंगशालामा साँझ ५ः३० बजेबाट शुरु हुनेछ ।
लिगको पूर्वसन्धयामा खुमलटारका कप्तान रेजिन सुब्बाले क्लबमा नयाँ र अनुभवी खेलाडीको मिश्रण रहेकोले नतिजा उन्मुख टोलि तयार भएको प्रतिक्रिया दिएका छन् ।
यस्तै फ्रेण्ड्सका कप्तान प्रकाश बुढाथोकीले पहिलो खेलको नतिजाले क्लबको लक्ष्य निर्धारण गर्ने प्रतिक्रिया दिएका छन्।
लिगमा कुल १८२ वटा खेल हुनेछन् । १४ क्लबको सहभागिता रहने लिग च्याम्पियनले ७५ लाख नगद र ट्रफि प्राप्त गर्नेछ ।
एन्फाले लिग हेर्नका लागि दर्शकहरुका निम्ति भिआइपी प्यारापिटतर्फ ३०० र साधारण प्यारापिटतर्फ एकसय रुपैयाँ टिकट दर निर्धारण गरेको छ ।
लिगको मार्केटिङ्ग, टिकेटिङ्ग र ब्रोडकास्ट अधिकार एमडीएसी स्पोर्टस्ले लिएको छ भने खेलको प्रत्यक्ष प्रसारण स्पेस फोर के टेलिभिजनबाट हुने बताइएको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |