← समाचारमा फर्कनुस्
Football Jun 10, 2023 · Shishir

अन्तिम खेलमा मछिन्द्रले मनाङलाई हरायो

अन्तिम खेलमा मछिन्द्रले मनाङलाई हरायो

काठमाडौ- जारि शहिद स्मरक 'ए' डिभिजन लिग फुटबलमा उपविजेता मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै सिजनको सुखद अन्त्य गरेको छ। 

दशरथ रंगशालामा भएको खेलमा शनिबार आफ्नो अन्तिम खेलमा मछिन्द्रले मनाङलाई ३–१ गोल अन्तरले हराएको हो।

मछिन्द्रको जितमा मछिन्द्रको जितमा आफिज ओलावाले २ तथा विमल घर्ति मगरले १ गोल गरे। मनाङका विजय श्रेष्ठले १ गोल फर्काए।

खेलको १६औँ  मिनेटमा विजयले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। खेलको ८०औँ मिनेटमा ओलावालेले गोल गर्दै खेल बराबरीमा ल्याए। ८६औँ मिनेटमा विमलले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

खेलको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–१ को जित दिलाए।

मछिन्द्रले २६ खेलमा ४५ अंक जोडेको छ। २६ खेलमा ३२ अंक जोडेको मनाङले भने हारबाट सिजनको अन्त्य गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →