TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket May 12, 2026 · Swadesh

एक्सन स्पोर्ट्सबाट केपिएलको प्रत्यक्ष प्रशारण हुने, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउने

एक्सन स्पोर्ट्सबाट केपिएलको प्रत्यक्ष प्रशारण हुने, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउने

काठमाडौं । कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सबाट हुने भएको छ । 


सोमबार केपिएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका ‘ कन्टेन्ट हेड’ सञ्जय राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे । 


कोशी प्राइड प्रा.लीले आयोजनामा जेठ ९ देखि हुने टी–२० प्रतियोगिताको ‘पावर्ड वाई’ एक्ट्रिम इनर्जी ड्रिक्स, ‘टु ह्विलर पार्टनर’ मा टिभिएस एन्टोर स्कुटी र ‘डिजिटल वालेट पार्टन’मा माई पे छन् । 


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टिभिएसको एन्टोर स्कुटर प्रदान गरिने आयोजकले बताएको छ । 


यसअघि प्रतियोगिता फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो । तर, विभिन्न कारण प्रतियोगिता दुई पटक सरेको थियो । अब, भने प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म हुनेछ । 


प्रतियोगितामा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै, हरेक टिमले ड्राफबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् । 


एभरेष्ट थन्डर्स, नुमना ब्लास्टर, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पुर्वेली सुपर किंग्स, बिएन कोशी अनर्स, गोर्खा एभेन्जर्सले लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →