एपिएफ र सुदूरपश्चिम च्याम्पियन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तथा नेपाल स्पाइनलकर्ड इन्जरी खेलसंघको ब्यवस्थापनमा ह्विलचियर बास्केटबल बागमती प्रदेश शभा सदस्य लक्ष्मी घिमिरेको प्रमुख आतिथ्यतामा तथा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य पेमा डोल्मो लामाको बिशेस आतिथ्यतामा सम्पन्न भएको छ।
बौद्ध इन्टरनेशनल स्कुल अत्तरखेल जोरपाटीमा शनिबार सम्पन्न खेलमा पुरुषतर्फ विभागिय टोली एपिएफ क्लब र महिलातर्फ सुदूरपश्चिम प्रदेशले उपाधि जितेको छ।
पुरुषतर्फको फाइनल खेलमा एपिएफले बागमती प्रदेशलाई ३९–२० को स्कोरमा पराजित गरेको हो। यस्तै महिलातर्फ सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई १५–१० को स्कोरमा पराजित गरेको हो।
पुरुर्षतर्फ तेस्रो गण्डकी तथा महिलातर्फ लुम्बिनी प्रदेशले कर्णली प्रदेशलाई पराजित गर्यो। प्रतियोगितामा प्रथम हुने दुबै टीमले २० हाजर, दोस्रोले १५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले १० हजारसहित ट्रफी मेडल पाए।
त्यसैगरी हाइस्कोरर पुरुषतर्फ एपिएफका प्रेम बिक र महिलातर्फ सुदुरपश्चिम प्रदेशका एशेर्या कुमारी कुमाल भइन् भने मस्ट भ्यालुएबल प्लेएरमा पुरुषतर्फ एपिएफका प्रेम बिक र महिलातर्फ सुदुरपश्चिम प्रदेशका तुलसा मगर भइन्। उनीहरु सबैले १र१ हजार पुरुष्कार पाए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |