← समाचारमा फर्कनुस्
Football Sep 17, 2024 · Swadesh

संकटाविरुद्ध एपीएफको सहज जित

संकटाविरुद्ध एपीएफको सहज जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा छैटौं खेलमा पनि सहज जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपिएफले संकटा क्लबमाथि ३-० को जित हासिल गरेको हो।

एपिएफको जितमा सरु लिम्बु, अनिता केसी र सविता रानामगरले गोल गरे।

यो जितसँगै ६ खेलमा १६ अंक जोडेको एपिएफ शीर्षस्थानमा छ। तेस्रो हार ब्यहोरेको संकटा समान खेलबाट पाँच अंकका साथ सातौं स्थानमा छ।

खेलको १३औं मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको एपीएफका लागि अनिताले ५०औं मिनेटमा  टोलीको अग्रता दोब्बर बनाइन्। 

सविताले ६४औं मिनेटमा गोल गर्दै एपिएफलाई सहज जित दिलाइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →