← समाचारमा फर्कनुस्
थ्रिस्टार विरुद्ध एपिएफको जित

शहिद स्मारक ए डिभिजन लिगमा आज दोस्रो दिनको पहिलो खेलमा शस्त्र प्रहरी बलको एपिएफ क्लबले थ्रिस्टार क्लव विरुद्ध २-० को जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपिएफका लागी खेलको ७२ औ मिनेटमा मनि कुमार लामाले फ्रिकिक मार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो गोल गरेको केहि समयमा नै एपिएफका विदेशी खेलाडी अर्मान बिडोमले खेलको ८६ औं मिनेटमा गोल गर्दै २-० को जित सुनिश्चित गरेको थियो ।
यस जित सॅंगै तीन अंक बटुल्दै एपिएफ क्लब गोल अन्तरको आधारमा तालिकाको शिर्ष स्थानमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |