TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Apr 12, 2026 · Swadesh

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : महिलातर्फ पनि उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : महिलातर्फ पनि उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

काठमाडौं। राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ अन्तर्गत महिलातर्फको फाइनल समीकरण पनि पूरा भएको छ। उपाधिका लागि विभागीय दुई बलिया टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब आमनेसामने हुने भएका छन्।


नेपाल रग्बी संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा दुवै टोलीले सेमिफाइनलमा एकतर्फी प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेका हुन्।


पहिलो सेमिफाइनलमा एपीएफ क्लबले बागमती प्रदेशमाथि ३९–० को शानदार जित दर्ता गर्‍यो। दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३६–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। 


अब उपाधिका लागि आर्मी र एपीएफबीचको रोमाञ्चक फाइनल खेल दिउँसो २स्३० बजे सुरु हुनेछ।


समूह चरणमा बागमती प्रदेश समूह ‘ए’ को विजेता तथा कर्णाली प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। यता समूह ‘बी’ बाट आर्मी विजेता र एपीएफ उपविजेता बनेका थिए।


यसअघि पुरुषतर्फ पनि उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब नै भिड्ने भएका छन्।


तेस्रो स्थानका लागि पुरुषतर्फ कोशी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ बागमती प्रदेश र कर्णाली प्रदेश आमनेसामने हुनेछन्।


प्रतियोगितामा महिला तथा पुरुष दुवै विधाका विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट महिला र पुरुष खेलाडीले समान ५–५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →