← समाचारमा फर्कनुस्
Football May 16, 2026 · Swadesh

एन्फाको निलम्बन फुकुवा

एन्फाको निलम्बन फुकुवा

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको अनिश्चितकालीन निलम्बन फुकुवा गरेको छ।


शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका खेलकुद सल्लाहकार सिद्दी व्यञ्जनकार, राखेपका सदस्य–सचिव रामचन्द्र मेहता, एन्फाका महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी तथा प्रवक्ता सुरेश शाहलगायतको बैठकपछि निलम्बन फुकुवा गर्ने सहमति भएको बताइएको छ।


एन्फाले भने आफूहरूमाथिको निलम्बन विनाशर्त फुकुवा गरिएको जनाएको छ। 


राखेपले देशको कानुनविपरीत जबर्जस्ती ‘अर्ली इलेक्सन’ गर्न खोजिएको लगायतका आरोप लगाउँदै गत चैत ११ गते एन्फालाई निलम्बन गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →