एन्फा र साउदी अरब फुटबल महासंघबीच फुटबल विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ

अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबिया फुटबल महासंघ (साफ) बीच फुटबल विकासका विभिन्न गतिविधिहरु संयुक्त रुपमा गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र साफ अध्यक्ष यासेर अल मिसेलले रियादस्थित कार्यालयमा भएको सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता एक वर्षको लागि मान्य हुनेछ। यस सम्झौताको उद्देश्य फुटबलको पारस्परिक हित, प्रवर्द्धन, विकास र सफलताका लागि दुई फुटबल संघहरूबीच सुदृढ सम्बन्ध विकास गर्न विभिन्न क्षेत्रमा सहकार्य र सहयोगको रूपरेखा तय गर्नु रहेको छ ।

दुवै संघले महिला र पुरुष राष्ट्रिय टोलीका लागि मैत्रीपूर्ण खेल खेल्ने अवसरहरू खोज्नेछन्। दुवै पक्षले युवा विकास र युवा कार्यक्रम सम्बन्धी आदानप्रदान कार्यहरू गर्न पनि सहमती जनाएका छन् । एन्फा र साफले विभिन्न प्रशिक्षक तालिम कार्यक्रमहरू पनि खोज्नेछन् र प्रशिक्षकको तालिममा मिलेर काम गर्नेछन्।
यासर फिफा काउन्सिल सदस्य र एएफसी विकास समितिका अध्यक्ष पनि हुन्। एन्फा अध्यक्ष नेम्वाङ विकास समितिका उपाध्यक्ष हुन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |