← समाचारमा फर्कनुस्
Football Mar 05, 2023 · Nepalsports

ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदै

ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदै

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदैछ।

आज दिउसो २ः३० बजे दशरथ रंगशालामा दुई बलिया टोलि त्रिभुवन आर्मी र संकटा क्लबबिच प्रतिस्पर्धा हुदैछ। सोहि समयमा च्यासल रंगशालामा न्युरोड टिम (एनआरटी) र सातदोबाटो क्लब भिड्दै छन्।

त्यस्तै आज हुने तेस्रो तथा अन्तिम खेलमा साबिक बिजेता टिम मच्छिन्द्र क्लबले साझ ५ः३० बजे जाउलाखेल युथ क्लब विरुद्ध खेल्दै छ।

लिगमा कुल १८२ वटा खेल हुनेछन् । १४ क्लबको सहभागिता रहने लिग च्याम्पियनले ७५ लाख नगद र ट्रफि प्राप्त गर्नेछ ।

एन्फाले लिग हेर्नका लागि दर्शकहरुका निम्ति भिआइपी प्यारापिटतर्फ ३०० र साधारण प्यारापिटतर्फ एकसय रुपैयाँ टिकट दर निर्धारण गरेको छ ।

लिगको मार्केटिङ्ग, टिकेटिङ्ग र ब्रोडकास्ट अधिकार एमडीएसी स्पोर्टस्ले लिएको छ भने खेलको प्रत्यक्ष प्रसारण स्पेस फोर के टेलिभिजनबाट हुने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →