शहिद स्मारक ‘ए’ डिभिजन लिग आज तीन खेल हुदै

शहिद स्मारक ‘ए’ डिभिजन लिग आज दोस्रोदिनमा तीन खेल हुदैछ। दुई खेल दशरथ रंगशाला र एक च्यासल हुनेछ । दशरथ रंगशालामा एपिएफ र थ्रिस्टार क्लब बिच दिउसो २ः३० बजे हुनेछ भने सोही समयमा नेपाल पुलिस क्लब र चर्च ब्याईज युनाईटेड बिच च्यासल मैदानमा हुनेछ।
तेस्रो खेल भने मनांग मर्श्याग्दी र हिमालयन शेर्पा बिच साझको ५ः३० बजे दशरथ रंगशालामा हुनेछ।

लिगको उद्घाटन खेलमा नवप्रवेशी क्लब खुमलटारले फ्रेण्ड्स क्लब १-० गोलले परीजित गरेकोथियो।
लिगमा कुल १८२ वटा खेल हुनेछन् । १४ क्लबको सहभागिता रहने लिग च्याम्पियनले ७५ लाख नगद र ट्रफि प्राप्त गर्नेछ ।
एन्फाले लिग हेर्नका लागि दर्शकहरुका निम्ति भिआइपी प्यारापिटतर्फ ३०० र साधारण प्यारापिटतर्फ एकसय रुपैयाँ टिकट दर निर्धारण गरेको छ ।
लिगको मार्केटिङ्ग, टिकेटिङ्ग र ब्रोडकास्ट अधिकार एमडीएसी स्पोर्टस्ले लिएको छ भने खेलको प्रत्यक्ष प्रसारण स्पेस फोर के टेलिभिजनबाट हुने छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |