← समाचारमा फर्कनुस्
ए डिभिजन लिगमा आज तेस्रो चरणका दुई खेल हुदै

काठमाडौ- जारि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुदैछन्।
एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा एफसी खुमलटार र थ्री स्टार क्लब भिड्दै छन्। यी दुईबिचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
लिगमा खुमलटार २ खेलमा ३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
उता थ्री स्टार २ खेलमा १ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
त्यस्तै आज हुने दोस्रो तथा अन्तिम खेलमा हिमालयन शेर्पा र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
लिगमा हिमालयन २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
त्यस्तै चर्च ब्वाइज दुई खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
लिगमा आजदेखि तेस्रो चरणका खेलहरु सुरु भएका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |