← समाचारमा फर्कनुस्
Football Apr 03, 2023 · Nepalsports

ए डिभिजनःआज छैटौं चरणका दुई खेल हुदै

ए डिभिजनःआज छैटौं चरणका दुई खेल हुदै

 काठमाडौ- शहीद स्मारक ए डिभिजन लिगमा आजदेखी छैटौं चरणका खेलहरु सुरु हुँदैछन्।

अन्तर्राष्ट्रिय ब्रेकका कारण लिग १६ दिनपछि सुरु हुन लागेको हो। यस १६ दिने अन्तर्राष्ट्रिय ब्रेकमा प्रधानमन्त्री थ्री नेसन्स कप र मोफसलमा विभिन्न गोल्डकप प्रतियोगिताहरु भएको थियो।

आजबाट छैटौं चरणको दुई खेल हुदैछन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजे संकटा क्लब र एफसी खुमलटार भिड्दैछन्।जारि लिगमा पाच खेलबाट दुवै टिमको समान ६ अंक रहेकोछ । 

तर गोलअन्तरका आधारमा संकटा आठौं र खुमलटार नवौँ स्थानमा रहेको छ।

त्यस्तै आजै हुने अर्को खेलमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। यी दुईबिचको खेल दिउँसो २ बजे च्यासल रंगशालामा हुनेछ।

एपीएफ पाच खेलमा ७ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ । उता एकअंकमात्र बटुलेको पुलिस तालिकाको पुच्छारमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →