← समाचारमा फर्कनुस्
Basketball Aug 17, 2026 · Swadesh

नवौँ बिआइबि बास्केटबल प्रारम्भ

नवौँ बिआइबि बास्केटबल प्रारम्भ

काठमाडौँ, भदौ १ गते । बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा आइतबार नवौँ बिआइबि बास्केटबल प्रतियोगिता सुरु भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो ।

पहिलो दिन चार खेल सम्पन्न भए । पहिलो दिन छात्रतर्फ एम्बासडरले बौद्ध इन्टरनेसनल स्कुललाई ४०–३० र मातृभूमिले निस्टलाई ७१–४१ ले पराजित गरे । यसैगरी छात्रातर्फको पहिलो खेलमा चाँडबागले लड्र्स लाइट एकडेमीलाई ३१–३३ तथा चेल्सीले मातृभूमिलाई २३–१४ ले हराए ।

आयोजकले यस वर्षदेखि प्रतियोगिताको दायरा फराकिलो गरी विद्यालयका साथै प्लस टु र कलेजका टिमहरुलाई पनि सहभागी गराएको जनाएको छ । विद्यालयतर्फ ३२ तथा प्लस टु र कलेजतर्फ १५ टिमले भाग लिएका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →