'ए' डिभिजन लिगमा आज चार खेल हुँदै

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज चार खेलह हुँदैछ ।
दिउसो ३ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब भिड्दैछन्।
शेर्पा २३ खेलमा ३० अंक जोड्दै आठौं स्थानमा रहदा एनआरटी २३ खेलमा २९ अंक बटुल्दै १० औं स्थानमा रहेको छ ।
सोहि समय च्यासल मैदानमा नेपाल पुलिस क्लब र उपाधि दाबेदारी टोलि मछिन्द्र फुटबल क्लब भिड्दै छन्।
मछिन्द्र २३ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहदा पुलिस २३ खेलमा ३४ अंकसहित चौंथो स्थानमा रहेको छ ।
त्यस्तै सोहि समय एन्फा कम्प्लेक्समा एफसी खुमलटार र संकटा क्लब भिड्दैछन्।
रेलिगेसन ब्याटलमा रहेको खुमलटार २३ खेलमा २४ अंक जोड्दै पुछारमा रहदा संकटा २३ खेलमा २७ अंक जोडेर १२ औं स्थानमा छ।
आज हुने अन्तिम खेलमा फ्रेन्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन्। दशरथ रंगशालामा साँझ ६ बजे दुई टोलि भिड्दैछन्।
मनाङ २३ खेलमा ३१ अंक जोड्दै छैटौं स्थानमा रहदा फ्रेन्ड्स २३ खेलमा २५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |