TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 11, 2023 · Shishir

एपिएफद्वारा थ्रीस्टारले दुई खेलमा बिनाभिसाका विदेशी खेलाएको आरोप

एपिएफद्वारा थ्रीस्टारले दुई खेलमा बिनाभिसाका विदेशी खेलाएको आरोप

काठमाडौ- शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लबले भिसाको समयावधि सिकिइसकेका दुई विदेशी खेलाडीलाई मैदान उतारेको भन्दै विभागीय टोली एपीएफले कारबाहीको माग गरेको छ।

रेलिगेसनमा परेको एपीएफले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र लेख्दै जावलाखेल युथ र चर्च ब्वाइज युनाइटेडसँगको खेलमा थ्रीस्टारले विनाभिसाका खेलाडी उतारेको जनाएको हो। 

लिगको नियमावली अन्तरगत बुँदा नं.७ को दफा ३ मा उल्लेखित विदेशी खेलाडीहरूको हकमा श्रम स्वीकृति अनिवार्य लिइ भिसाको अवधि कायम हुनुपर्ने प्रावधान छ। उक्त बुँदामा भनिएको छ, 

"सहभागी टिमहरूले विदेशी खेलाडीको हकमा संघको फुटबल खेलाडी दर्ता नियमावली बमोजिम फिफाको निर्देशन अनुसार टीएमएस प्रणाली अन्तर्गत स्थानान्तर भएको हुनुपर्नेछ र बढीमा ५ (३+१+१) जना विदेशी खेलाडीहरू हुनुपर्ने छ।"

२४औँ चरणको खेलमा श्रम स्वीकृति सकिएपछि एफसी खुमलटार, मनाङ मर्स्याङदी, हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबले विदेशी खेलाडीलाई मैदान उतारेका थिएनन्। तर, जेठ २३ गते चर्च ब्वाइजसँगको खेलमा थ्रीस्टारले उनीहरूलाई मैदान उतारेको एपीएफले पठाएको पत्रमा उल्लेख छ।

यस विषयमा आवश्यक कारबाही नभएको खण्डमा थप कानूनी उपचारको लागि स्थानीय न्यायलय, एएफसी तथा फिफामा समेत लिखित निवेदन गर्ने एपीएफले जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →