← समाचारमा फर्कनुस्
'ए' डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ ।
दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा मछिन्द्र फुटबल क्लबविरुद्ध हिमालयन शेर्पा क्लब भिड्दैछ।
मछिन्द्र २४ खेलमा ३९ अंक जोड्दै दोस्रो स्थानमा रहदा शेर्पा ३१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
सोहि समय च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटी भिड्दैछन्।
एनआरटी २४ खेलमा ३० अंक जोडेर ११ औं स्थानमा रहदा ३२ अंक जोडेर छैटौं स्थानमा मनाङ रहेको छ ।
त्यस्तै आज हुने अन्तिम खेलमा दशरथ रंगशालामा साझ ६ बजे संकटा क्लब र फ्रेन्ड्स क्लब भिड्दैछन्।
फ्रेन्ड्स २४ खेलमा २६ अंक जोड्दै पुछारमा रहदा संकटा ३० अंक जोड्दै दशौँ स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |