TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jul 25, 2025 · Swadesh

२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौ अन्तिम साता पोखरामा हुने

२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौ अन्तिम साता पोखरामा हुने

काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनमा हुने पल्सर स्पोर्टस् अवार्ड २०८१ भदौ २९ गते हुने भएको छ। २०६० सालदेखि निरन्तर आयोजना भइरहेको यस प्रतिष्ठित स्पाेर्टस अवार्डको २२औँ संस्करण पाेखरामा हुन लागेको हाे।

स्पोर्ट्स अवार्ड पहिलो पटक काठमाडौंबाहिर आयोजना हुन लागेको छ। एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोर्ट्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको जानकारी दिए।

काठमाडौँ बाहिर लैजाने तयारी केही वर्षअगाडिदेखि नै भइरहेको थियो। सम्भावित केही शहरसँग कुराकानी गर्ने क्रममा पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेको बेला सबै पक्ष अनुकुल बनेपछि यसपालीको स्पोर्ट्स पोखरा लान सफल हुँदैछौँ, अध्यक्ष अधिकारीले भने।

एनएसजेएफका महासचिव अन्जन खड्काले यस वर्ष पनि स्पोर्ट्स अवार्डमा दस विधा समावेश गरिएको जानकारी दिए। स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जनर्नालिस्ट र टिम अफ दि इयर अवार्ड विधा रहने छ। यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ। मनोनयनमा ५–५ जना रहने प्रावधान छ।

लाइफटाइम, स्पेसल, पारा एथलिट, टिम अफ द इयर, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको मनोनयन हुने छैन। सबै विजेताको घोषणा अवार्डकै दिन हुनेछ। महासचिव खड्काले भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जानकारी दिए।

स्पोर्ट्स अवार्डमा पल्सरको निरन्तरता

स्पोर्ट्स अवार्डको २२ औँ संस्करणमा पनि हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल प्रमुख प्रायोजकको रुपमा रहने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च र हंशराज हुलासचन्द एण्ड कम्पनीबीच अवार्डकै लागि सहकार्य भएको यो १७औं बर्ष हो। यी दुई संस्थाले शुक्रबार थप पाँच वर्षको सम्झौता नवीकरण गरे। स्पोर्ट्स अवार्डको मिति घोषणा कार्यक्रमै प्रायोजक हंशराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यू र एनएसजेएफका अध्यक्ष अधिकारीले सम्झौतापत्र आदान प्रदान गरे।

सम्झौताअनुसार हंशराज हुलासचन्द एन्ड कम्पनीले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गर्नेछ। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपियाँ प्रदान गरिनेछ।

गोल्छा समूहका निर्देशक अभिमन्युले १७ वर्षको यो सहकार्य नेपालकै लामो साझेदारीमध्ये एक भएको दावी गरे। उनले भने, यो एक नम्बर मात्र हो, यसले दुई सस्थाबिचको प्रतिबद्धता र विश्वास देखाउँछ, त्यसैले पनि एनएसजेएफसँग आवद्ध हुन पाउँदा गर्व महसुस हुन्छ। निर्देशक अभिमन्यूले फुटबल लिग, क्रिकेट लिग तथा विभिन्न ग्रासरुट प्राजेक्टमा पनि सहकार्य गरेर गोल्छा समूहले नेपाली खेलकुदमा आफ्नाे उपस्थिति देखाइरहेको जानकारी पनि गराए। यस्तै यस बर्ष रकमा ३३ प्रतिशतले वृद्धि भएकाे पनि बताए।

सो कार्यक्रममा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले कुनै पनि संस्थाले २२ वर्षसम्म एउटै कार्यक्रम गर्नु अझ एउटै प्रायोजकसँग १७ वर्षको सहकार्य दुलर्भ नै हो, भने। गोल्छा समूहहसँग एनएसजेफको आवद्धता १७ वर्ष पुगेको छ। जुन कीर्तिमान नै हो। उनले खेलकुद पत्रकार मञ्चले यो अवार्ड गरिरहँदा खलाडीलाई समममान गरिरहँदा खेल पत्रकारहरु पनि सम्मानित भएको महुसस हुने गरेको बताए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →